डोटीको सुजङ अस्पतालमा बालिकाको उपचारको क्रममा मृत्यु, तीन चिकित्सक नियन्त्रणमा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३ की ९ वर्षीय रजनी भुलको हिजो बुधबार राति उपचारको क्रममा निधन भएको हो।

जिल्ला वन डोटी

बालिकाको खेल्ने क्रममा लडेर बायाँ हात भाँचिएपछि उपचारका लागि सुजङ अस्पतालमा भर्ना गरिएकी थिइन्। प्रारम्भिक उपचारपछि राति करिब ८ बजे शल्यक्रिया गर्ने तयारी हुँदै थियो। तर, शल्यक्रिया अघि बेहोस पार्न प्रयोग गरिएको औषधिले प्रतिकूल असर (रियाक्सन) गरेपछि बालिकाको मृत्यु भएकोहुन सक्ने अनुमान  गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

बालिकाको मृत्यु भएपछि जिल्ला प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै उपचारमा संलग्न तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणी यादव, डा. सुरेन्द्र कुमार चौधरी, र डा. अभिषेक यादव रहेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। यस घटनाले स्थानीय स्वास्थ्य सेवामा रहेको औषधि तथा उपचार पद्धतिप्रति प्रश्न खडा गरेको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.