डिभिजन सडक जनचेतनामूलक सन्देश

डोटीको सुजङ अस्पतालमा बालिकाको उपचारको क्रममा मृत्यु, तीन चिकित्सक नियन्त्रणमा

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३ की ९ वर्षीय रजनी भुलको हिजो बुधबार राति उपचारको क्रममा निधन भएको हो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

बालिकाको खेल्ने क्रममा लडेर बायाँ हात भाँचिएपछि उपचारका लागि सुजङ अस्पतालमा भर्ना गरिएकी थिइन्। प्रारम्भिक उपचारपछि राति करिब ८ बजे शल्यक्रिया गर्ने तयारी हुँदै थियो। तर, शल्यक्रिया अघि बेहोस पार्न प्रयोग गरिएको औषधिले प्रतिकूल असर (रियाक्सन) गरेपछि बालिकाको मृत्यु भएकोहुन सक्ने अनुमान  गरिएको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

बालिकाको मृत्यु भएपछि जिल्ला प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै उपचारमा संलग्न तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणी यादव, डा. सुरेन्द्र कुमार चौधरी, र डा. अभिषेक यादव रहेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। यस घटनाले स्थानीय स्वास्थ्य सेवामा रहेको औषधि तथा उपचार पद्धतिप्रति प्रश्न खडा गरेको छ।

 

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.