सुदूरपश्चिम प्रदेशसभा उपसभामुखलाई जोरायल गाउँपालिकामा भव्य स्वागत, विकासका चुनौती र अवसरबारे छलफल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

सुदूरपश्चिम प्रदेशसभा  उपसभामुख कोइली देवी चौधरीलाई जोरायल गाउँपालिका कार्यालय, डोटीमा विशेष कार्यक्रमबीच भव्य स्वागत गरिएको छ। कार्यक्रमको अध्यक्षता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गरेका थिए। प्रमुख अतिथि उपसभामुख र विशिष्ट अतिथिमा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा , नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा लोकतान्त्रिक थारु संघ कैलालीका अध्यक्ष राम प्रसाद चौधरी र अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष लक्ष्मी केसी रहेका थिए ।त्यस्तै कार्यक्रममा जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत ,अन्य बिषयगत शाखाका शाखा प्रमुख उपसभामुखको सचिवालयका कर्मचारी संगै गाउँपालिकाका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

गाउँपालिका अध्यक्ष ओझाले स्वागत मन्तव्यका क्रममा प्रदेश सरकारको ध्यान पुग्न नसकेका स्थानीय विकास योजनाहरूमा उपसभामुख चौधरीको ध्यानाकर्षण गराएका थिए। उनले बुडर-जोरायल-गड्सेरा सडकको स्तर उन्नतिको कामलाई तीव्रता दिन,खुटिया दिपायल फास्टट्र्याकको काममा तीव्रता ,जोरायलको नदी कटानको रोकथामका पहलहरूमा प्रदेश सरकारको भूमिका, कृषि उपजको बजारीकरण र मूल्य निर्धारणका कार्यक्रम र प्राकृतिक प्रकोपले पारेका प्रभाव र त्यस्का न्यूनीकरणका प्रयाससहित उचित राहतका कार्यक्रमहरूमा प्रदेश सरकारको सहयोगको अनुरोध गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा बोल्दै उपसभामुख चौधरीले जोरायलको विशाल सम्भावना र त्यससँगै आएका समस्याहरूको बारेमा आफूलाई अवगत भएको  बताइन्। उनले प्रदेश सरकारमा यस्ता विषयमा छलफल गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। गाउँपालिका अध्यक्ष ,उपाध्यक्षले  गाउँपालिकाको तर्फबाट उपसभामुख सहित उपस्थित अतिथिलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.