भाटभटेनीले एमालेलाई जग्गादानको विषयमा उठेको विवादमा सुनुवाइ स्थगित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

काठमाडौं । भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाउँदै दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ।

जिल्ला वन डोटी

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्न सोमबार दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो। एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भइसकेको छ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिब एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन्। जग्गादानको घोषणा हुँदा उक्त जग्गा कालु गुरुङलगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो। केही दिनअघि उक्त जग्गा नामसारी भएको हो ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.