डिभिजन सडक जनचेतनामूलक सन्देश

डडेल्धुराको प्रसिद्ध उग्रतारा मेला आज

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डडेल्धुरा, मंसिर १ – सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा हरेक वर्ष आयोजना हुने ऐतिहासिक र धार्मिक महत्वको उग्रतारा मेला आज हुँदैछ। स्थानीय तथा देशभरका तीर्थयात्रीहरूको ठूलो सहभागिता रहने यस मेलाले धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा परिचित छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

उग्रतारा भगवतीको मन्दिरमा विशेष पूजाआजा, भजनकीर्तन, र विविध धार्मिक अनुष्ठान हुने यस मेलाले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको छ। मेलामा विशेष रूपमा गरिने चौलो नाच, जसमा विभिन्न देविदेवताको प्रतीकात्मक नृत्य प्रदर्शन गरिन्छ, विशेष आकर्षणको रूपमा रहन्छ। चौलो नाचले देवी-देवताहरूको शक्ति र उनीहरूसँग सम्बन्धित पौराणिक कथा प्रस्तुत गर्ने भएकाले यसले मेलामा आउने भक्तजनहरूलाई धार्मिक तथा सांस्कृतिक ज्ञान पनि प्रदान गर्दछ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

उग्रतारा मेला धार्मिक आस्थाका साथै सामाजिक एकताको प्रतीक मानिन्छ। यस अवसरमा परम्परागत रूपमा देउडा,स्थानीय नृत्य पनि प्रदर्शन गरिन्छ। मेलाका सहभागीहरूका लागि धार्मिक प्रवचन र सांस्कृतिक छलफल समेत आयोजना गरिन्छ, जसले मेलालाई ज्ञान र आध्यात्मिक महत्त्व प्रदान गर्छ।

प्रशासनले मेलाको शान्ति सुरक्षा र व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। मेलामा सहभागिता जनाउन देशका विभिन्न भागबाट भक्तजनहरू आउने भएकाले यसले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.