डिभिजन सडक जनचेतनामूलक सन्देश

पूर्वसभामुख दमननाथ ढुङ्गानाको सम्मानमा सोमबार राष्ट्रिय बिदा

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

काठमाडौँ, मंसिर ३— प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वसभामुख ढुङ्गानाको निधनप्रति गहिरो शोक व्यक्त गरे।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

प्रवक्ता गुरुङका अनुसार, “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा सोमबार सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ। राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ।”

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

मन्त्रिपरिषद् बैठकले नेपालको संसदीय प्रणालीलाई संस्थागत बनाउन ढुङ्गानाले खेलेको भूमिकाको उच्च कदर गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसात् गर्नु नै सच्चा श्रद्धाञ्जली हुने बताएको छ। ढुङ्गानाको निधनप्रति गहिरो शोक प्रकट गर्दै बैठकले उहाँको परिवारजनमा समवेदना व्यक्त गरेको छ।

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गानाको आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो। उहाँ कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.