सर्वोच्चद्वारा दुर्गा प्रसाईंको थुनामुक्तिको माग खारेज

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

काठमाडौं – विद्युतीय कसूर र अन्य आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनामुक्तिको मागलाई सर्वोच्च अदालतले खारेज गरेको छ। बन्दी प्रत्यक्षीकरणको रिटमार्फत थुनामुक्त गराउन गरिएको प्रयास असफल भएपछि उनी हिरासतमा रहने भएका छन्।

बन्दी प्रत्यक्षीकरणको निवेदन प्रसाईंका छोरा निराजनले दर्ता गरेका थिए। उनीहरूले गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गरेका थिए। तर, न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

दुर्गा प्रसाईंलाई प्रहरीले ४ मंसिरमा पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको आरोपसहितको विवादास्पद भिडियो सार्वजनिक गरेपछि पक्राउ परेका थिए।

प्रहरीले प्रसाईंमाथि साईबर अपराध र सरकारी कागजात किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। काठमाडौं जिल्ला अदालतको अनुमतिमा उनी हिरासतमा छन्। निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा रिट दायर गरेका थिए।

यस घटनाले सार्वजनिक अभिव्यक्ति र कानूनी प्रक्रियाबारे थप चर्चा र विवाद उत्पन्न गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.