डोटीको विपिनगरमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

 

डोटी, मंसिर १६ – डोटीको बडिकेदार गाउँपालिका वडा नं. १, विपिनगर बजारमा आज आइतबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल विवाह, घरेलु हिंसा, र छाउपडी प्रथा उन्मूलनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम बडिकेदार गाउँपालिका वडा नं १ का अध्यक्ष डबल बहादुर बोहराको अध्यक्षता र फेडो नेपालका तुल्छा बोहराको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा केदार सूर्य बहुमुखी क्याम्पसका विद्यार्थी र विपिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम बिक्रम के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीको सक्रिय सहभागिता रहेको थियो।

समाजिक विकास कार्यालय
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

कार्यक्रममा सहभागीले लैङ्गिक हिंसा, बाल विवाह, र छाउपडी प्रथाका कारण हुने सामाजिक, सांस्कृतिक, र कानूनी चुनौतीबारे सचेतना फैलाउँदै विपिनगर बजार परिक्रमा गरी र्याली निकालेका थिए।

सो अवसरमा अध्यक्ष बोहराले हिंसामुक्त समाज निर्माणका लागि स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। प्रहरी निरीक्षक के.सी.ले कानूनी पहल र सचेतनाका माध्यमबाट मात्र हिंसाका घटनालाई न्यूनिकरण गर्न सकिने बताए।

कार्यक्रमले स्थानीय समुदायलाई सचेत पार्न महत्वपूर्ण भूमिका खेलेको र भविष्यमा यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.