स्थानीयतह उप – निर्वाचन डोटीको मतगणना प्रक्रिया सुरु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी को पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडामा आज सम्पन्न भएको वडा अध्यक्षको निर्वाचनमा मतगणना प्रक्रिया सुरु भएको छ। निर्वाचनका नतिजा केही समयमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

जिल्ला वन डोटी

वडा अध्यक्षको पदमा प्रमुख दलका चार उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। नेकपा एमालेका तर्फबाट देव बहादुर थापा, नेपाली काङ्ग्रेसका तर्फबाट मोहन थापा, माओवादी केन्द्रका तर्फबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का मैदानमा छन्।

पोषण खाजा सम्बन्धि सन्देश

निर्वाचनका दौरान सर्वसाधारणले उम्मेदवारहरूको विकास र जनहितका योजनाबारे चासो देखाएका थिए। अहिले मतपत्र मिलाउने कार्य जारी रहेको र मतगणनाका नतिजा चाँडै प्रकाशित हुने बताइएको छ।

वडामा कुल मतदाता १ हजार ५ सय ९३ रहेकोमा ८३९ जनाले मतदान गरेका छन ।यो निर्वाचनको परिणामले आगामी दिनमा स्थानीय नेतृत्व र विकास योजनामा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ। उम्मेदवार र समर्थकहरू परिणामको लागि उत्साहित र चनाखो रहेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.