डोटीको पूर्वीचौकी ६ नम्बर वडामा नेपाली कांग्रेसको जित: मोहन थापा विजय

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडामा सम्पन्न भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्। थापाले ८ सय ३९ खसेको मतमध्ये ४ सय ६८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

जिल्ला वन डोटी

उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देव थापाले ३०१ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जानकी खड्का कुवँरले ३१ मत प्राप्त गरेका छन्। यस उपनिर्वाचनमा जम्मा १३ मत बदर भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

पूर्वीचौकी ६ नम्बर वडाका वडा अध्यक्ष पुष्पराज जोशीको निधनपछि यो उपनिर्वाचन गरिएको हो। जोशी पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष थिए। यस निर्वाचनको परिणामसँगै कांग्रेसले उक्त वडामा आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.