डोटीको पूर्वीचौकी ६ नम्बर वडामा नेपाली कांग्रेसको जित: मोहन थापा विजय

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडामा सम्पन्न भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्। थापाले ८ सय ३९ खसेको मतमध्ये ४ सय ६८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देव थापाले ३०१ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जानकी खड्का कुवँरले ३१ मत प्राप्त गरेका छन्। यस उपनिर्वाचनमा जम्मा १३ मत बदर भएका छन्।

समाजिक विकास कार्यालय

पूर्वीचौकी ६ नम्बर वडाका वडा अध्यक्ष पुष्पराज जोशीको निधनपछि यो उपनिर्वाचन गरिएको हो। जोशी पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष थिए। यस निर्वाचनको परिणामसँगै कांग्रेसले उक्त वडामा आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।

 

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.