एशियन लाइफ इन्स्योरेन्सद्वारा डोटी, अछाम र बाजुराका अभिकर्ता सम्मानित

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई सम्मान गर्दै उनीहरुको योगदानलाई प्रशंसा गर्न विशेष कार्यक्रम सम्पन्न गरेको छ। डोटी शाखाको आयोजनामा मंसिर १५ गते दिपायलमा पहिलो कार्यक्रम सम्पन्न भएको थियो, जसमा ६० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीलाई उत्कृष्ट व्यवसाय प्रदान गर्ने, निरन्तर योगदान दिने, र स्थापनादेखि निरन्तरता दिने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

मंसिर १६ गते अछामको साँफेबगरमा आयोजित कार्यक्रममा जिल्लाभरका अभिकर्ताहरुले सहभागिता जनाए। यस कार्यक्रममा साँफेबगरका कार्यालय प्रमुख पूर्ण बहादुर बिष्ट र मंगलसेन कार्यालय प्रमुख विकास पण्डितको पनि उपस्थिति रहेको थियो। अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा बीमा व्यवसायमा अझ प्रेरित भएको अनुभव व्यक्त गरे।

जिल्ला वन डोटी

मंसिर १७ गते बाजुरामा तेस्रो सम्मान कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा बाजुराका कार्यालय प्रमुख बिर बहादुर थापाको उपस्थिति रहेको थियो। बाजुराका अभिकर्ताहरुले आफ्नो स्थानीय योगदानलाई सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै बीमा व्यवसायलाई थप उचाइमा पुर्‍याउन प्रतिबद्धता जनाएका थिए।

तीनै कार्यक्रमहरुमा डोटी शाखाका प्रबन्धक नवराज पण्डितको उपस्थिति रहेको थियो। उनले अभिकर्ताहरुको योगदानको प्रशंसा गर्दै यस्ता सम्मान कार्यक्रमले व्यवसायप्रतिको निष्ठा र लगाव बलियो बनाउने विश्वास व्यक्त गरे। सहभागी अभिकर्ताहरुले सम्मान प्राप्त गर्नु आफ्नो जिम्मेवारी बढेको संकेत भएको भन्दै व्यवसायमा अझै सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका थिए।

कम्पनीले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अभिकर्ताहरुको प्रेरणा र उत्साह अभिवृद्धि गर्ने योजना अघि सारेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.