डोटीको बडिकेदार गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

आज, ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बडिकेदार गाउँपालिकाले ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरेको छ। जाडोको चिसोबाट बच्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो।

जिल्ला वन डोटी

बडिकेदार गाउँपालिकाको आर्थिक सहयोगमा, ग्रामीण सामुदायिक विकास केन्द्र घाङगल, मनकामना पैरबि समूह बिपिनगर र मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजको सहयोगमा आयोजित कार्यक्रममा समावेशी र दिगो भविष्यको लागि अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्वको महत्त्वलाई जोड दिइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट जीविकोपार्जनका अवसरहरू र सिप प्रशिक्षणको आवश्यकता औँल्याए। बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्मरी बिष्ट कलेजले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्तासँगै विभिन्न सहयोगका कार्यक्रमहरूको उपलब्धता सुनिश्चित गरिएको जानकारी दिइन्।

बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न गाउँपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.