डिभिजन सडक जनचेतनामूलक सन्देश

सुदूरपश्चिमकै उत्कृष्ट श्री लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लि को १८ औँ साधारणसभा सम्पन्न

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डोटीको जोरायल गाउँपालिका–४ सिलङ्गिबागमा केन्द्रिय कार्यालय रहेको श्री लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्थाको १८औँ साधारणसभा शनिबार सम्पन्न भएको छ। यस अवसरमा लक्ष्मीनगर र सरस्वतीनगर संयुक्त एकाईको भेला पनि आयोजना गरिएको थियो, जसमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहकारी संस्थाको केन्द्रीय कार्यालयमा आयोजित सभाको अध्यक्षता संस्थाका अध्यक्ष लोक बहादुर थापाले गरेका थिए। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले सहकारीले गरेको प्रगतिमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न सुझाव दिए। विशिष्ट अतिथि उपाध्यक्ष जमुना कुमारी बोहराले सहकारीको क्रियाकलापप्रति सकारात्मक टिप्पणी गर्दै असुली प्रक्रियालाई थप चुस्त बनाउन जोड दिइन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

सहकारीका सचीव चित्रराज भट्टले संचालन गरेको सभामा विभिन्न वडाका अध्यक्ष, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, बैंक तथा सहकारीका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, र देउडा गायक भुवन दहाललगायत सहभागी थिए। कार्यक्रमलाई गायक दहालको सांगीतिक प्रस्तुतिले थप आकर्षण प्रदान गरेको थियो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

कार्यक्रममा संस्थाका अध्यक्ष थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०८०/०८१ मा संस्थाले हासिल गरेको वित्तीय अवस्थाबारे जानकारी गराए। सो वर्ष संस्थाको वास्तविक पुँजी तथा दायित्व रू २१करोड ७१ लाख ६८हजार ४सय६५रुपैयाँ ७२पैसा , सम्पत्ति रू २१करोड ७१ लाख ६८ हजार ४सय ६५ रुपैयाँ ७२पैसा आम्दानी रू २करोड ७८लाख १८हजार ३सय ७८रुपैयाँ ५१ पैसा ,खर्च रू २करोड ६७लाख ६६ हजार २ सय २७रुपैयाँ ९५ पैसा रहेको र खुद नाफा रू १०लाख ५२ हजार १सय ५०रुपैया ५६पैसा रहेको प्रतिवेदनमा उल्लेख छ। आगामी आ.व. २०८१/२०८२ का लागि सम्पत्ति र दायित्वतर्फ २७ करोड तथा आम्दानी र खर्चतर्फ ३ करोड १० लाखको लक्ष्य राखिएको छ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत ठक्कर बहादुर कठायतले संस्थाका गतिविधिहरूबारे स्पष्ट पार्दै सहकारीलाई देशकै उत्कृष्ट बनाउने लक्ष्यमा अघि बढिरहेको बताए। लेखा प्रतिवेदन लेखा समिति संयोजक डम्बर साउँदले प्रस्तुत गरे। सभामा केही ऋण समयमा असुली हुन नसकेकोप्रति ध्यानाकर्षण गराउँदै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा सहकारीका सेयर सदस्यका सन्तानमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउने कृषि तर्फ २ जना र साधारण तर्फका २ जना गरि जम्मा ४ जनालाई जनही रू २,००० पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी तर्फ कर्जा तथा प्रशासन प्रमुख बिक्रम शाह, जेष्ठ नागरिक ६ जना, उत्कृष्ट बचत १२ जना, बाल बचत ६ जना, र उत्कृष्ट कर्जा ग्राहक १४ जना गरी जम्मा ४३ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रमका अन्त्यमा संस्थाका अध्यक्ष थापाले सेयर सदस्यहरूको विश्वास र कर्मचारीहरूको लगनशीलताका कारण संस्था सफल भएको भन्दै धन्यवाद व्यक्त गरे। उनले सबैलाई सहकारीप्रति जिम्मेवार भएर लाग्न आग्रह गर्दै आगामी दिनमा प्राप्त सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थाको नयाँ कार्यसमिति चयन भोलि हुने सहकारीले जनाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.