डिभिजन सडक जनचेतनामूलक सन्देश

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

महाशाखाका अनुसार आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ

मौसम बदली, हल्का वर्षा र हिमपातका कारण तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ।महाशाखाले वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.