
डोटीको जोरायल गाउँपालिकामा रहेको श्री लक्ष्मी सरस्वती सहकारी संस्था लिमिटेडको सातौं वार्षिक अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले डम्बर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

समितिको उपाध्यक्षमा गोमती देवी बोहरा, सचिवमा चित्रराज भट्ट, र कोषाध्यक्षमा निर्मला अवस्थी भट्ट पुनः दोस्रो कार्यकालका लागि चयन भएका छन्। अन्य सदस्यहरूमा लाल बहादुर साउँद, तारा प्रसाद भट्ट, जितेन्द्र कुमार बोहरा, सुमित्रा कुमारी बिष्ट, र राम बहादुर बिक रहेका छन्।

त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिमा रतन कुमार बोहराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ। उक्त समितिमा अमृत कुमार ओली र सर्मिला कुमारी नेपाली सदस्यका रूपमा चयन भएका छन्।
निर्वाचित नयाँ कार्यसमिति र लेखा तथा सुपरिवेक्षण समितिलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको सहकारीका प्रमुख कार्यकारी अधिकृत ठक्कर बहादुर कठायतले जानकारी दिए।
