धनगढी ,खुटिया दिपायल फास्ट ट्र्याकको दिपायल क्षेत्रमा सर्भे सुरु

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

धनगढी खुटिया दिपायल फास्ट ट्रयाक अन्तर्गत १४ किलोमिटर सर्भेको काम डोटीको दिपायलबाट अगाडि बढेको छ। दिपायलको राजपुरलाइ जिरो प्वाइन्ट मानेर ७ मिटर चौडाइको सडक आजबाट सर्भे भएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अशोक बरालले बताए।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

भ्याट सहित ४४ करोड बजेट ठेक्का अन्तरगत ३८ करोडमा उक्त काम शुभारम्भ हुन लागेको दुनिला कन्सर्न कन्ट्रक्सनका साइड इन्चार्ज ललित सिंह भाटले बताए ।यहि २०८१ साउन २२ गते सम्झौता भई आज २०८१ साउन २५ गते सर्भेको काम थालनी भएको छ। आउँदो भदौ १ गतेबाट सडक कालोपत्रेको काम समेत सुरु गरि निर्माण कम्पनीले जनाएको छ।
ढिलै भएपनि सडक कालोपत्रे हुने खबरले खुसी भएको स्थानीय गिरबहादुर रोकायले बताए । फास्ट ट्र्याक बन्छ कि बन्दैन भन्ने चिन्ता लागेको थियो, तर आज आफ्नै घर अगाडि कालोपत्रेका लागि सर्भे भएको देख्दा खुसी भएको स्थानीय युवा अमित नेपालीले बताए ।

समाजिक विकास कार्यालय

धनगढी खुटिया दिपायल बझाङ र उरे जोड्ने सडक खण्ड अन्तर्गतको सलेना दिपायल सडक पक्की सम्बन्धी टेन्डर निकाल्ने भनेर बजेट विनियोजन भएको थियो । तर विभागले यस आ व मा नसक्ने भनेर आनाकानी गरिरहेको परिपेक्षमा डोटीका स्थानीय दुई युवा केशवनाथ योगी र रमेश खडायत लगायत स्थानीय जनप्रतिनिधि र जनताको गुनासो पछि काठमाडौँमा पुगेर सुदूरपश्चिम प्रदेश सांसद शिवसिंह ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पहलका लागि अनुरोध गरेका थिए ।

माननीय शिवसिंह ओली खुटिया दिपायल फास्ट ट्र्याकलाई छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने भनेर आवाज प्रदेश सभा र संघीय सरकारसँग पटकपटक खबरदारी गरिरहेका थिए। त्यस्तै डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्समा तत्कालीन भौतिक तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई १ बुँदे माग पेश गरिएको थियो। उक्त माग पत्रमा डोटीका सम्पूर्ण राजनीतिक दलहरुले हस्ताक्षर गरेका थिए।

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.