डोटीको जोरायलमा बाघको आतंक : एउटै किसानका ६ बाख्रा मारिए, १ गम्भीर घाइते, १ बेपत्ता

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, जोरायल गाउँपालिका-३, बरममा बाघको आक्रमणले किसान आकृती कठायत जोशीलाई ठूलो क्षति पुर्‍याएको छ। मंगलबार दिउँसो गोठालो लैजाने क्रममा बाख्राहरू चर्दै गर्दा केही बाख्रा हराएका थिए। साँझसम्म खोज्दा पत्ता नलागेपछि आज बिहान पुनः खोज्न जाँदा २ खसी र ४ बाख्रा मृत अवस्थामा फेला परेका छन्। १ बाख्रा गम्भीर घाइते भएको छ भने १ खसी अझै बेपत्ता छ।

किसान कठायतले आफ्नो पीडा सुनाउँदै भनिन्, “हिजो दिउँसो आफू संगै गोठालोमा लगेर चराउँदा समेत बाख्राहरू हराए। साँझसम्म खोज्यौं तर केही पत्तो लागेन। बिहान खोज्न जाँदा यस्तो हालत देख्दा साह्रै दुःख लाग्यो।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

डोटीको दक्षिणी क्षेत्रका गाउँहरूमा बाघको आक्रमण कुनै नयाँ समस्या होइन। प्रत्येक वर्ष बाघले पशुचौपायामा आक्रमण गरी किसानहरूलाई ठूलो नोक्सानी पुर्‍याउँदै आएको छ। यस्ता घटनाले किसानहरूको जिविकोपार्जनमा गम्भीर असर पर्ने गरेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, वन्यजन्तु संरक्षणका नाममा बाघको नियन्त्रणमा कुनै प्रभावकारी पहल भइरहेको छैन। “हामीले वर्षौँदेखि बाघको आक्रमण सहिरहेका छौं। बाघलाई रोक्न र हाम्रो पशुचौपायाको सुरक्षा गर्न कसैले चासो दिएको जस्तो लाग्दैन,” स्थानीय किसान थम बहादुर चन्दले आक्रोश पोखे।

बाघको बढ्दो आक्रमणका कारण गोठालाहरूलाई सतर्क रहन र पशुचौपायालाई सुरक्षित राख्न स्थानीयलाई चुनौती भएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.