धनगढीका अटोचालकले फेला पारेका ८ तोला सुनका गहना सम्बन्धितलाई बुझाइयो

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

धनगढी, कैलाली – धनगढीका एक अटोचालकले यात्रुले छुटाएको आठ तोला सुनका गहना फेला पारी प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएका छन्। मंसिर २७ गते साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर २ ट्राफिक चोकबाट गेटा विमानस्थलतर्फ जाँदै गरेको अटोमा सवार यात्रु राम दत्त भट्टले सुनका गहना रहेको कालो झोला बिर्सिएका थिए।

जिल्ला वन डोटी

झोला फेला पारेका अटोचालक शंकर दत्त बडुले मंसिर २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा झोला बुझाएका थिए। प्रहरीले प्रमाण र प्रक्रिया पूरा गरी झोला बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी राम दत्त भट्टलाई जिम्मा लगाएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

झोलामा विभिन्न प्रकारका सुनका गहना रहेको थियो। गहना सुरक्षित रूपमा फिर्ता पाएपछि भट्टले अटोचालक र प्रहरीप्रति आभार व्यक्त गरेका छन्। ,

धनगढीका अटोचालक बडुले देखाएको इमान्दारिताको जिल्ला प्रहरी कार्यालयले उच्च प्रशंसा गरेको छ। प्रहरीका अनुसार यस्तो घटनाले न केवल गुमेको सम्पत्ति फिर्ता पारेको छ, तर समाजमा इमान्दारिता र विश्वसनीयताको महत्त्वलाई पनि उजागर गरेको छ। प्रहरीले अन्य नागरिकलाई पनि यसबाट प्रेरणा लिन आग्रह गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.