
डोटी, नेपाल पत्रकार महासंघ डोटी शाखाको नयाँ नेतृत्व चयन भएको छ। आज सम्पन्न चुनावमा प्रकाश बम डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका छन्।
उपाध्यक्षमा चक्र मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत, सचिवमा विक्रम खड्का, सहसचिवमा एकेन्द्र चन्द र प्रतीक्षा धामी, र कोषाध्यक्षमा दिपेन्द्र खड्का विजयी भएका छन्।

सदस्यमा सुशिला साही, चक्र कठायत, ईन्द्र साही, दान सिंह ऐर, राज पार्की र दिनेश जोशी विजयी भएका छन्।
प्रदेश परिषद् सदस्यमा चक्र कुवर, नारायणदत्त पनेरु, दलव देउवा, र महिलामा रश्मि खडायत र रामदुलारी राना (समावेशी) निर्वाचित भएका छन्।
त्यस्तै, केन्द्रिय परिषद् सदस्यमा मोहन शाही, पुष्पराज जोशी, र सदस्यमा रामदास राना र रमेश मगर निर्विरोध निर्वाचित भएका छन्।



