रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार अदालतले यस्तो अनुमति दिएको हो।

जिल्ला वन डोटी

कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार प्रहरीको मागअनुसार लामिछानेसहित अन्य तीनजनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। प्रहरीले लामिछानेसँगै गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

सहकारी ठगी प्रकरणमा सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। ८४ दिनको अनुसन्धानपछि बुझाइएको प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३७ जना फरार रहेका छन्। प्रतिवेदनमा प्रतिवादीहरूमाथि १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरूमाथि ठगी र आर्थिक अनियमितताको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.