एनपीएल फाइनलपछि कुटपिटको दाबी खारेज, अमन सिंह लडेर घाइते भएको प्रहरीको अनुमान

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलपछि अमनकुमार सिंहमाथि कुटपिट भएको दाबी प्रहरीको प्रारम्भिक अनुसन्धानले खारेज गरेको छ। प्रहरीका अनुसार अमन खेल सकिनुअघि नै लडेर घाइते भएका थिए।

जिल्ला वन डोटी

मधेसी आयोगमा सिंहका दुवै हात भाँचिएको उजुरी परेपछि घटनाको छानबिन थालिएको थियो। तर, प्रहरीको अनुसन्धानले अमन शनिबार दिउँसो २:१२ मा काठमाडौंको ट्रमा सेन्टरमा भर्ना भएको पुष्टि गरेको छ, जुन समयमा फाइनल खेल अझै जारी थियो।

पोषण खाजा सम्बन्धि सन्देश

सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहका परिवारले त्रिवि क्रिकेट मैदान बाहिरको हुलदङ्गामा अमन घाइते भएको दाबी गरेका थिए। तर, प्रहरीका अनुसार उनी लडेर घाइते भएको हुनसक्ने देखिएको छ।

फाइनल खेलपछि मैदान बाहिर नश्लीय र साम्प्रदायिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.