डोटीको जोरायलका विभिन्न टोल छाउपडी गोठ मुक्तटोल घोषणा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न टोलहरुलाइ छाउपडी गोठ मुक्त टोल घोषणा गरिएका छन्।वडा नम्बर ६ को  गाबर, डाँडागाउँ, कफल्तडि टोल लाई  छाउपडी गोठ मुक्तटोल घोषणा गरिएको हो।

जिल्ला वन डोटी

सृजनशील स्वास्थ्य आमा समूहको सक्रियतामा वडास्तरीय बालअधिकार समिति सामुदायिक विकास मञ्च डोटी लगायत वडा नम्बर ६ को वडा कार्यालयको सक्रियतामा छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

सबै प्रकारको बिभेद अन्त गर्नको लागी सरोकार वालाले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
छाउपडी  कु प्रथाले किसोरि, महिला  बालबालिकामा असर पर्ने भएकाले यसको  अन्त्यका लागि स्थानीय सरकार  राजनीतिक दल , बुद्धिजिबि लगायत आम नागरिकले जनचेतना जगाउदै एक जुट भएर लाग्नु पर्ने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छ्न ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.