डोटीको बडिकेदार गाउँपालिकाद्वारा उपभोक्ता समितिका लागि अभिमुखीकरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको बडिकेदार गाउँपालिकाले उपभोक्ता समितिहरूसँग योजना सम्झौता गर्नुअघि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। योजना कार्यान्वयनका क्रममा कागजी प्रक्रिया पूरा गर्न समस्या देखिएकाले सुरुवातमै आवश्यक ज्ञान र सीप प्रदान गरी योजनाहरूलाई व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिकाले यस आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाका पदाधिकारीहरूलाई नीतिगत र प्राविधिक पक्षबारे विशेष प्रशिक्षण दिएको छ। गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदका अनुसार, विगतमा निर्माण स्थलमा नगई स्टमेट बनाउँदा लागत अनुमानमा त्रुटि हुने समस्या थियो। उनले उपभोक्ताहरूलाई योजना आफ्नै जिम्मेवारी ठानी काम गर्नुपर्नेमा जोड दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट (कलेल) ले गत वर्ष योजनाहरूको अनुगमनका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरूले कागजी प्रक्रिया मिलाउन कठिनाइ झेल्नुपरेको अनुभव सुनाउँदै यसपटक योजना सम्झौताअघि नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

कार्यक्रममा योजना सम्झौताका लागि आवश्यक कागजात, उपभोक्ता समितिका अधिकार र दायित्व, कामको अवधि, लागत व्यवस्थापन, उपभोक्ताको योगदान, र निर्माण सामग्रीको गुणस्तर जस्ता विषयमा प्रशिक्षण दिइएको रोजगार संयोजक चक्र कलेलले जानकारी दिनुभयो।

कार्यक्रमका दौरान उपभोक्ता समितिका पदाधिकारीहरूले योजना निर्माण गर्दा घाटा हुने गुनासो गरे। प्रशिक्षकहरूले यस्ता समस्याहरू समाधान गर्न आवश्यक उपायहरूबारे स्पष्ट निर्देशन दिएका छन्। यो कार्यक्रमले योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.