दिल्पेश्वर माविमा हिंसा र दुर्व्यसन न्यूनीकरणबारे जनचेतना कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित दिल्पेश्वर माध्यमिक विद्यालयमा महिला तथा बालबालिकामाथि हुने हिंसा, लागूपदार्थ दुर्व्यसन, र सामाजिक विकृति-विसंगतिविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा, यूएनएफपीए र पिसपिन नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा रूपान्तरण कक्षाका अनुभवहरू आदान-प्रदान गर्दै शिक्षा, चेतना, र व्यवहार परिवर्तनको महत्त्वमाथि जोड दिएको थियो।

कार्यक्रममा कक्षा १० की छात्रा कल्पनाले रूपान्तरण कक्षाबाट आत्मबल बढेको र सिकेका कुराहरू व्यवहारमा लागू गर्दै समाजलाई सकारात्मक परिवर्तन दिन प्रेरणा मिलेको बताइन्। व्यावहारिक शिक्षाले नैतिक मूल्य र सामाजिक जिम्मेवारी स्थापित गर्न योगदान पु¥याउने विद्यार्थीहरूको भनाइ थियो।

जिल्ला वन डोटी

विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले रूपान्तरण कक्षाले विकृति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विकृति र अपराधले समाजलाई आक्रान्त बनाइरहेको र यसको समाधान विद्यार्थीहरूबाट नै सम्भव हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुखले मानव बेचबिखन, लागूपदार्थ दुर्व्यसन, र सामाजिक सञ्जालको दुरुपयोगबारे सचेत गराउँदै सामाजिक सञ्जालको सही उपयोगले अवसर सिर्जना गर्ने र गलत प्रयोगले विनाश निम्त्याउने चेतावनी दिए।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बाजी सिंह खड्काले विद्यार्थीहरूको समय व्यवस्थापन, जिम्मेवारी, र नैतिक शिक्षामा जोड दिँदै असल नागरिक बन्ने प्रेरणा दिनुभयो। उहाँले समाज र देशलाई बदल्न विद्यार्थीहरूको सकारात्मक सोच र क्रियाकलाप नै आधारशिला हुने बताउनुभयो।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख, सुरक्षा निकाएका प्रमुख ,पत्रकार, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमले हिंसा र विकृतिविरुद्ध चेतना जगाउँदै व्यवहार परिवर्तनका लागि नवीन उपायहरू प्रस्तुत गरेको विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.