सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न

पुन्ना तालिम केन्द्र

 

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८औँ साधारणसभा ऐतिहासिक रूपमा आइतबार सम्पन्न भएको छ। समाजको एकता, सहकार्य र नेतृत्व हस्तान्तरणको प्रतीक बनेको यस कार्यक्रममा पुराना अनुभवहरूको समीक्षा र नयाँ योजनाहरूको सुरुवात गरिएको छ।

 

साधारणसभामा नेपाली राजदूतावास सउलका नियोग उपप्रमुख पुष्पराज भट्टराई, एनसीसी अध्यक्ष हरि खनाल, एनआरएनए अध्यक्ष विपिन गुरुङ, विभिन्न संघ-संस्थाका प्रमुख, र सुदूरपश्चिमेली दाजुभाइ-दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले समाजको महत्व, एकताको भावना, र आगामी कार्ययोजनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।

 

जिल्ला वन डोटी

कार्यक्रमका निवर्तमान अध्यक्ष दिल बहादुर मडैले १७औँ कार्यसमितिको कार्यकालका उपलब्धिहरू र चुनौतीहरूको समीक्षा गर्दै, आफ्नो टिमलाई साथ, सहयोग र सुझाव प्रदान गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले १७औँ कार्यकालमा भएका तिता-मिठा अनुभवहरूलाई स्मरण गर्दै, समाजको प्रगतिका लागि सहकार्यको महत्त्वमा जोड दिनुभयो।

 

साधारणसभाले  महेश भट्टको नेतृत्वमा १८औँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै, अधुरा कामहरूलाई पूर्णता दिने र समाजलाई थप सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

 

साधारणसभाले सहमति, सहकार्य, र एकताको भावना झल्काउँदै सुदूरपश्चिम समाज दक्षिण कोरियाको सुदृढ भविष्य निर्माणमा टेवा पुर्‍याउने निर्णय गरेको छ। सहभागीहरूले यसलाई समाजको ऐतिहासिक कार्यक्रमका रूपमा चित्रण गर्दै, आगामी दिनहरूमा समाजलाई अझ ऊर्जाशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

सुदूरपश्चिम समाज दक्षिण कोरियाले आफ्नो सांस्कृतिक र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सबै सदस्यहरूको समृद्धि र एकताको लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.