
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ खुल्लेखोलामा खुल्लेखोला दवारीगाड ट्रस पुल निर्माण भए पछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ ।

पुल बने पछि बर्षौ देखि समस्या झेल्दै आएका यस ठाउका नागरिकलाई सहज भएको र सरकारले जनताका समस्यालाई सम्बोधन गर्नु पर्ने दिपायल सिलगढी नगरपालिकाकाका नगर प्रमुख बाजि सिंह खड्का ( बिजय)ले बताउनु भयो ।

केदार ग्रामीण विकास समाज नेपालको प्राविधिक सहयोगमा करिब ३६ लाखको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको हो ट्रस पुल निर्माण पछि करिब १ सय १२ घरधुरी लाम्भाबित हुने भएका छन् ।
पुर्खौ देखि बर्खा याममा पुल नहुँदा आवतजावत र खेती गर्न समेत खोला वारपार गर्दा निकै कठिनाइ हुँदै आएको र अहिले पुल निर्माणले सहज भए पछी स्थानीय खुशी भएका छ्न ।पुल निर्माण निर्माण पछि स्थानीयलाई कामकाज र खोला ओहोरदोहोर गर्न समेत सहज भएको छ ।



