सुदूरपश्चिम प्रदेशस्तरीय काव्य गोष्ठी कैलालीको अत्तरियामा सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा सुदूरपश्चिम प्रदेशस्तरीय काव्य गोष्ठी (रचना वाचन) कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १५ जना साहित्यकारहरूले आ-आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए।

जिल्ला वन डोटी

संस्थाका अध्यक्ष श्री रमेश पन्त ‘मीतबन्धु’को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि श्री तिलकबहादुर सिंह रहनुभएको थियो। प्रमुख अतिथि सिंहले साहित्य समाजको ऐना भएको र यस्ता कार्यक्रमले प्रदेशको साहित्यिक विकासमा थप योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा विभिन्न विधाका कविताहरू प्रस्तुत गरिएको थियो। गोष्ठीको सञ्चालन संस्थाका सचिव सिर्जन श्रीले गर्नुभएको थियो। कार्यक्रमले सुदूरपश्चिम प्रदेशका साहित्यकारहरूलाई एकै मञ्चमा ल्याई साहित्यिक सञ्जाल विस्तार गर्न थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.