महिला जनप्रतिनिधिको नेतृत्वले स्थानीय तहलाई सबल र प्रभावकारी बनाएको छ: प्रधानमन्त्री ओली

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिकाले स्थानीय तहको औचित्य स्थापित गर्दै सेवा प्रभावकारितामा उल्लेखनीय सुधार गरेको बताएका छन्।

कल्प संस्थाद्वारा आयोजित ‘शी लिड्स आइकन’ सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले महिला नेतृत्वको महत्त्व औंल्याउँदै भने, “महिला जनप्रतिनिधिहरूले नगरपालिका र गाउँपालिकाको प्रतिष्ठा बढाउँदै राजनीतिक परिवर्तनको उपलब्धिलाई समाजमा स्थापित गरेका छन्। महिला जागरणले समाजमा ठूलो परिवर्तन ल्याएको प्रमाण आजको स्थानीय तहको सशक्तिकरण हो।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्रधानमन्त्री ओलीले हाल स्थानीय तहमा ४० प्रतिशत महिला जनप्रतिनिधिको उपस्थिति रहेको र यो प्रगतिलाई थप विस्तार गर्न आवश्यक रहेको बताए। उनले महिलाले समान अधिकार पाउनुपर्ने संवैधानिक र कानुनी अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा देशभरका विभिन्न स्थानीय तहका २७ जना महिला जनप्रतिनिधिलाई सम्मान प्रदान गरियो। उत्कृष्ट योगदान दिने तीन जना महिला जनप्रतिनिधिलाई विशेष सम्मान गरिएको थियो।

यस अवसरमा डोटीको जोरायल गाउँपालिकाले बासमती चामल, मह, चुक, सुन्तला, भटमास, सिमी लगायतका अर्गानिक कृषि उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरेको थियो। देशभरका अन्य स्थानीय तहहरूले पनि आफ्ना उत्पादन र सेवाहरूको प्रवर्द्धनका लागि स्टल राखेका थिए।

प्रधानमन्त्री ओलीले महिलाको करुणा, माया, र स्नेहभावले हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता थपेको भन्दै महिला नेतृत्वले समाजलाई सबल र प्रभावकारी बनाएको स्पष्ट पारे। उनले महिला सशक्तीकरणलाई थप प्रोत्साहित गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने र सरकार यस अभियानलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उल्लेख गरे।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.