जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

अखिल (क्रान्तिकारी) डोटी जिल्ला उपाध्यक्ष इन्द्र डुम्रेलले आफ्नो जन्मदिनको अवसर पारेर डोटी जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गर्नुभएको छ। डुम्रेलले २० जना बिरामीलाई फलफुल वितरण गर्नुभएको अखिल (क्रान्तिकारी) डोटी जिल्ला अध्यक्ष पूर्ण बहादुर बोहराले जानकारी दिनुभयो।

फलफुल वितरण कार्यक्रममा अस्पतालका डाक्टर, कर्मचारी तथा अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाउँदै डुम्रेलको यस कार्यले स्थानीय बिरामी र अस्पताल प्रशासनबीच सकारात्मक प्रभाव परेको बताइएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.