डडेल्धुराको परशुरामधाममा माघेसंक्रान्ति मेलाको तयारी

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डडेल्धुरा। डडेल्धुराको पूर्वी मधेस क्षेत्र परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदी तटमा रहेको प्रसिद्ध धार्मिक स्थल परशुरामधाममा माघेसंक्रान्तिका अवसरमा सोमबार रातिदेखि मंगलबार दिनभर ठूलो मेला लाग्ने भएको छ।

डडेल्धुरा सदरमुकामबाट करिब १०० किलोमिटरको दूरीमा रहेको यो हिन्दू तीर्थस्थलमा केही दिनअघिदेखि नै भक्तजनको चहलपहल बढेको छ। माघेसंक्रान्तिका दिन बिहान महाकाली नदीमा स्नान गरेर दिनभर धार्मिक गतिविधिसहित मेला लाग्ने परम्परा छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

धार्मिक मान्यता अनुसार भगवान विष्णुको छैठौं अवतार परशुरामले आततायी क्षेत्रीयहरूलाई परास्त गरी पृथ्वीलाई क्षेत्रीविहीन बनाएपछि महाकाली नदीमा स्नान गरी शुद्धीकरण गरेका थिए। महाकाली नदीमा स्नान गर्दा गंगास्नानको भन्दा दशगुणा बढी पुण्य प्राप्त हुने विश्वास रहेको छ।

परशुरामधाममा स्नान, तर्पण, र पूजा गर्दा तीन लोकमा पुण्य प्राप्त हुने र सय कुल विष्णु लोकमा जाने धार्मिक मान्यता रहेको छ। यस कारण सुदूरपश्चिमका नौ जिल्लालगायत भारतको उत्तराखंडबाट पनि यहाँ ठूलो संख्यामा तीर्थयात्रीहरू आउने गर्दछन्।

यस तीर्थस्थलमा महाकाली गंगास्नानसँगै विभिन्न मन्दिरका देउराहरूलाई स्नान गराई ग्रहण दोष निवारण गर्ने परम्परा छ। पछिल्लो समय परशुरामधाम परिसरमा भगवान परशुरामको विशाल मूर्ति निर्माण भएपछि यस स्थानको प्रचारप्रसार र पर्यटकीय महत्त्व अझ बढेको छ।

माघेसंक्रान्तिको दिन परशुरामधाममा स्नान, पूजा, र धार्मिक अनुष्ठानमा सहभागी हुने भक्तजनहरूले धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने परम्परालाई निरन्तरता दिइरहेका छन्।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.