दुवै मृगौला फेल भएका गौरव बम उपचारका लागि सहयोगको अपिल

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डोटीको बोगटान फुडसिल गाउँपालिका-४ जजला घर भई भारतमा मजदुरी गर्दै आएका ४० वर्षीय गौरव बम जीवन र मृत्युको दोसाँधमा रहेका छन्। बाल्यकालमै घरको दैनिकी चलाउन भारत पसेका गौरव हाल दुई मृगौला फेल भएपछि नयाँ दिल्लीस्थित महाराज एग्रेसन अस्पतालमा उपचाररत छन्।

गौरव एक महिनादेखि आईसियुमा छन्, र यस अवधिमा उपचारमा ११ लाखभन्दा बढी भारतीय रुपैयाँ खर्च भइसकेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार जारी राख्न उनका परिवारलाई कठिन भइरहेको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

अस्पतालका अनुसार गौरवलाई मृगौला प्रत्यारोपण आवश्यक छ। परिवारका सदस्यले मृगौला दिएमा प्रत्यारोपणमा १२ लाख भारतीय रुपैयाँ लाग्नेछ भने बाहिरबाट मृगौला खरिद गर्नुपरेमा ३५ लाख भारतीय रुपैयाँ खर्च हुनेछ। आर्थिक अभावका कारण परिवारले सहयोगका लागि सबैमा अपिल गरेको छ।

गौरवका भाइ जोग बमले दाजुको जीवन बचाउन सहयोगी मनहरूलाई हात बढाउन आग्रह गरेका छन्। सहयोग गर्न चाहनेहरूले जोग बमको फोन नम्बर +९१८३६०२४८७९८ ,मनु बम (+९१७९८६४९०९१९) र रुद्र बम (पन्जाब) +९१९९८८७५३३९० मा पनि सम्पर्क गर्न सकिने परिवार स्रोतले जनाएको छ ।

सहयोग रकम ग्लोबल आइएमई बैंकको खाता नम्बर H६०७०१००००९१४ मा पठाउन सकिनेछ। परिवारले गौरवको जीवन बचाउन सहयोगको लागि सबैलाई हार्दिक अनुरोध गरेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.