क्यान्सर पीडित भरत देउवाको उपचारमा समस्या, सहयोगका लागि अपिल

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डोटीको जोरायल गाउँपालिका–५ खतेडाका भरत देउवा घुँडाको क्यान्सरका कारण उपचार गराइरहेका छन्। आर्थिक अभावका कारण उनको उपचारमा समस्या उत्पन्न भएको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

भरतको एक महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उपचारको क्रममा झण्डै ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर, घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले थप उपचार सम्भव नभएको उनका आफन्त योगेन्द्र देउवाले जानकारी दिएका छन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

अस्पतालले उपचार नरोकिन आग्रह गरे पनि आर्थिक अभावका कारण भरतको जीवन जोखिममा परेको छ। परिवार र आफन्तले सबैलाई सहयोगका लागि अपिल गरेका छन्।

सहयोग गर्न चाहनेले भरत देउवाको नाममा रहेको इ-सेवा नम्बर 9746249883 मा सहयोग रकम पठाउन सक्नुहुनेछ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.