हमास-इजरायल युद्धविराम: विपिन जोशीको सकुशल रिहाइको प्रतीक्षामा परिवार

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

कञ्चनपुर: हमास–इजरायल युद्धविरामसँगै कञ्चनपुरका विपिन जोशीको परिवार छोराको सकुशल रिहाइको प्रतीक्षामा छ। पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइको खबरले परिवारलाई केही आशा जागेको छ, तर अझै ढुक्क बन्न सकेको छैन।

विपिनका आमा पदमा जोशीका अनुसार युद्धविरामपछि पहिलो चरणमै छोराको रिहाइको अपेक्षा गरिएको थियो। तर, हमासद्वारा सार्वजनिक सूचीमा विपिनको नाम नदेखिएपछि परिवार निराश बनेको छ। “पहिलो चरणमा भएन, तर यसपटक मेरो निर्दोष छोराको रिहाइ हुनेमा आशा छ,” पदमाले भनिन्। “युद्ध फेरि हुनसक्छ, जसरी हुन्छ, सरकारले छोराको सकुशल रिहाइ गराओस्।”

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये एक हुन्। इजरायलको अलिमुम किबुजमा हमास समूहले आक्रमण गर्दा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई नियन्त्रणमा लिइएको थियो।

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सूची सार्वजनिक गरे पनि विपिनको नाम समेटिएको छैन। सरकारले कूटनीतिक पहल जारी रहेको र उनको रिहाइका लागि गम्भीर प्रयास भइरहेको बताएको छ। गृहमन्त्री रमेश लेखकले विपिनको सकुशल रिहाइ सुनिश्चित गर्न कूटनीतिक वार्ता सक्रिय रूपमा अघि बढिरहेको जानकारी दिएका छन्।

जोशी परिवार अहिले पनि दोस्रो चरणमा छोराको नाम आउने र उनको सकुशल रिहाइ हुने आशामा छ। युद्धविराम कायम रहेर छोराको मुक्तिको खबर सुन्न पाउने अपेक्षामा परिवारले सरकारसँग निरन्तर पहल गरिदिन अपिल गरेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.