नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको संख्या ८६ पुग्यो

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

अबुजा: नाइजेरियाको मध्य भागमा भएको पेट्रोल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ। ६०,००० लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार सडकमा पल्टिएपछि विस्फोट भएको हो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीका अनुसार कादुनासँग जोड्ने डिक्को जंक्शनमा भएको यस घटनाले ठूलो जनधनको क्षति पुऱ्याएको छ। विस्फोटपछि घटनास्थलमा आगलागी भएको र धेरै मानिसहरू घाइते भएका छन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

राष्ट्रपति बोले अहमद टिनुबुले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता दुर्घटनाको पुनरावृत्ति रोक्न इन्धनको जोखिम र वातावरणीय खतराबारे जनचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटका घटना बारम्बार भइरहेका छन्। अक्टोबरमा जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। सन् २०२० मा मात्र, फेडरल रोड सेफ्टी कोप्र्सले १,५३१ इन्धन ट्याङ्कर दुर्घटनाको विवरण सार्वजनिक गरेको थियो, जसमा ५३५ जनाको मृत्यु भएको थियो।विगतका यस्ता घटनाहरूले नाइजेरियामा पेट्रोल ट्याङ्करको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.