अमेरिकाको ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गर्दै

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

वासिङ्टन डीसी,– अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ लिने तयारी गरेका छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनीयताको शपथ गराउनेछन्।

जिल्ला वन डोटी

शपथ ग्रहण कार्यक्रम वाशिङ्टन डीसीको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ। कार्यक्रमपछि विशेष चियापान समारोह आयोजना हुनेछ भने, उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन्।

शपथ ग्रहण समारोहमा साङ्गीतिक प्रस्तुति, सेलिब्रिटी परेड, र साँझ औपचारिक बल डान्सको समेत आयोजना गरिएको छ। विश्वभरका विशिष्ट नेताहरू उक्त कार्यक्रममा सहभागी हुन वाशिङ्टन डीसी पुगेका छन्।

शपथ ग्रहणको दिन राष्ट्रपति ट्रम्पले कडा आप्रवासन नीतिबारे अध्यादेश जारी गर्ने तयारी गरेका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, उक्त अध्यादेशले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी-मेक्सिको सीमामा शरण खोजिरहेका व्यक्तिहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ। अध्यादेश शपथ ग्रहणसँगै कार्यान्वयनमा जाने जनाइएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.