जोरायल गाउँपालिका वडा नं. ४ ले फोहरमैला ब्यबस्थापनका लागि डस्टबिन वितरण

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

 

डोटी – डोटीको जोरायल गाउँपालिका वडा नं. ४ कुँडिकोटले वडाभित्रका पसलहरूलाई फोहरमैला व्यवस्थापनका लागि ५० वटा डस्टबिन वितरण गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममा वडा अध्यक्ष नन्दराज भट्टले वडा कार्यालयमा दर्ता भएका पसलको फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यो पहल थालिएको जानकारी दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले भने, “वडाको सरसफाइ अभियानलाई प्रभावकारी बनाउनका लागि हरेक पसलमा डस्टबिन अनिवार्य बनाइएको हो। यसले मात्र फोहर व्यवस्थापन नभई वडाको समग्र सौन्दर्य र स्वच्छता प्रवर्द्धन गर्नेछ।”

जिल्ला वन डोटी

स्थानीय व्यवसायीहरूले वडाको यो कदमलाई स्वागत गर्दै सकारात्मक प्रतिक्रिया जनाएका छन्। व्यवसायीहरूले यस पहलले वातावरणीय प्रदूषण घटाउने र स्थानीयस्तरमा स्वच्छताको महत्त्व बढाउने विश्वास व्यक्त गरेका छन्।

डस्टबिन वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, कार्यालयका कर्मचारी, र स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो। वडा कार्यालयले आगामी दिनमा फोहर व्यवस्थापनसँग सम्बन्धित थप कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजना रहेको समेत जनाएको छ।

यो पहलले फोहर व्यवस्थापनका साथै वडावासीलाई स्वच्छता र स्वास्थ्यप्रति सचेत गराउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.