डोटीका आगलागी पीडितलाई गाउँपालिकाबाट राहत

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी: डोटीको बडिकेदार गाउँपालिका -३ वस्सेनीमा भएको आगलागी पीडित परिवारलाई बडिकेदार गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।पालिकाले  मंगलवार साझ आगो ताप्ने क्रममा घरमा आगलागी भएको सरिता घर्तीमगरको परिवारलाई राहत प्रदान गरेको हो ।

जिल्ला वन डोटी

पालिकाले तत्काल खाद्यान्न, बलान्केट, त्रिपाल आवस्यक कपडा , भाडाब्रतन लगायत करिब २८ हजार बराबरको राहत सामग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो

पोषण खाजा सम्बन्धि सन्देश

अहिले तत्काल थोरै भए पनि सहयोग पुगोस् भनेर राहत प्रदान गरेका छौ आगामी दिनमा पालिकाले थप सहयोग गर्ने  बडिकेदार गाउँपालिका विपत् व्यवस्थापन फोकल प्रसन चक्र कलेलले बताउनु भयो । प्रहरी मुचुल्का अनुसार आगलागीबाट २ लाख बराबरको क्षति भएको थियो ।

घरमा भएको सबै सामान जलेर नष्ट भयो अब के खाने कसरी परिवार पाल्ने भन्ने निक्कै चिन्ता लागेको छ। पालिकाले तत्काल राहत उपलब्ध गराएको र यसले केही राहात भए पनि आउदा दिनमा समस्या हुने हुँदा सहयोग गरिदिन पीडित महिला सरिता घर्तीमगरले आग्रह गर्नुभएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.