
डडेल्धुरा, – प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौं जिल्ला अधिवेशनले लक्ष्मी ऐरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बुधवार जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनले ऐरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा मदनराज भट्ट र भावना पौडेल, सचिवमा ममता भट्ट, सह–सचिवमा बिर बहादुर भण्डारी र भोज ताम्राकार तथा कोषाध्यक्षमा भुवन भण्डारी चयन भएका छन्।
सदस्यहरूमा डवल बहादुर ठकुल्ला, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन भएका छन्। यस्तै, केन्द्रीय परिषद सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी तथा प्रदेश परिषद सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साउद र गरिमा बोहरा चयन भएका छन्।

नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटी इन्चार्ज पठान सिंह बोहराले नयाँ कार्यसमितिलाई बधाई दिँदै चौतारीलाई थप सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। उनले चौतारीले श्रमजीवी पत्रकारहरूको हकहितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
नवनिर्वाचित अध्यक्ष लक्ष्मी ऐरले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउँदै पत्रकारहरूको अधिकार र हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सुदूरपश्चिम अध्यक्ष कृष्ण ओली, सचिव लोगसरी कुँवर, केन्द्रीय सदस्य सुशील ढुंगाना, सञ्चारकर्मीहरू र पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रेस चौतारी नेपालले विगतदेखि नै पत्रकारहरूको हकहित र अधिकारका लागि आवाज उठाउँदै आएको छ। नयाँ नेतृत्वले संगठनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



