डोटीमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-२ केदारअखडामा जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ।

जिल्ला वन डोटी

वडा नम्बर-२ का ६६ जना जेष्ठ नागरिक (महिला र पुरुष) लाई एक/एक थान कम्बल वितरण गरिएको हो। चिसो मौसमलाई मध्यनजर गर्दै गरिएको यो सहयोगले जेष्ठ नागरिकहरूको मनोबलमा सकारात्मक प्रभाव पारेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

वडाध्यक्ष भरत बमले जेष्ठ नागरिकलाई राज्यको अनुभूति गराउन र उनीहरूको मनोबल बढाउन यो कार्यक्रम सञ्चालन गरिएको बताए।

न्यानो कपडा पाएपछि वृद्धवृद्धाहरू खुसी भएका छन्। यो अभियानले जेष्ठ नागरिकप्रति सम्मान र सहानुभूतिलाई अझ बलियो बनाएको स्थानीयहरूले बताएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.