शैलेश्वरी क्षेत्र विकास समितिको ५३औँ साधारण सभा सम्पन्न, योगदानकर्ता चारजना सम्मानित

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, – शैलेश्वरी क्षेत्र विकास समितिको ५३औँ वार्षिक साधारण सभा शनिबार सिलगढीमा सम्पन्न भएको छ। सभामा समितिले आर्थिक वर्षभर गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएको थियो।

कार्यक्रममा समितिका कोषाध्यक्ष डम्बर बहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने अध्यक्ष प्रेम शङ्कर भट्टले शैलेश्वरी मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वबारे चर्चा गरे। उनले मन्दिरको विकास र प्रचार-प्रसारमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे। अध्यक्ष भट्टले २०८३ सालमा हुने महाकुम्भ मेलालाई सफल बनाउन तयारी र सहकार्यको आह्वान गरे।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी, पत्रकार तथा साहित्यकार धन बहादुर मल्लले शैलेश्वरी मन्दिर डोटीको मात्र नभई सुदूरपश्चिमकै गौरवशाली धार्मिक स्थल भएकाले यसको समग्र विकासले क्षेत्रीय समृद्धिमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

जिल्ला वन डोटी

दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउद महरले शैलेश्वरी मन्दिर र सिलगढी बजारको विकासका लागि योजना आवश्यक रहेको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। पूर्व नगर प्रमुख मञ्जु मलासीले सिलगढी बजारको व्यापारिक गतिविधि खस्कँदै गएकामा चिन्ता व्यक्त गर्दै यसको पुनरुत्थानमा सबैको ध्यान जानुपर्ने बताइन्।

डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गरे यस क्षेत्रको समग्र विकास सम्भव हुने धारणा राखे। नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले शैलेश्वरी मन्दिरको धार्मिक र ऐतिहासिक महत्त्वलाई अझै प्रभावकारी रूपमा प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा शैलेश्वरी क्षेत्र विकास समितिले जिल्लाको विकास र योगदान पुर्‍याउने चारजना विशिष्ट व्यक्तित्वलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरेको छ। सम्मानित हुनेमा पत्रकार तथा साहित्यकार धन बहादुर मल्ल, डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी, भैरव प्रसाद गणका प्रमुख सेनानी परिक्षित देउजा र नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम रहेका छन्।

सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा, बाह्र बरेलाका धामी भराणी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले शैलेश्वरी क्षेत्रको समग्र विकास र महाकुम्भ मेलाको सफलताका लागि सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.