डोटीमा पहिलो पटक सरकारी र गैरसरकारी संस्थाबीच समन्वयात्मक बैठक सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी: गैर सरकारी संस्था महासङ्घ डोटीको आयोजनामा आइतबार सिलगढीमा सरकारी, गैरसरकारी, र अन्तर्राष्ट्रिय संघसंस्थाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय डोटीको सभाहलमा आयोजित बैठकमा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकमा सहभागीहरूले संस्थाहरूका गतिविधि र उद्देश्यबारे जानकारी आदान-प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे। उनीहरूले पहिलो पटक यस्तो बैठक आयोजना भएकामा प्रशंसा गर्दै यसको निरन्तरताले जिल्लाका परियोजना र कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बैठक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनराज जोशीको पहलमा आयोजना गरिएको हो। उनले जिल्लामा क्रियाशील संघसंस्थाहरूका गतिविधिबारे प्रशासन बेखबर रहनुपर्ने अवस्थाको अन्त्य गर्न र संस्थाहरूको कामलाई समुदायमुखी बनाउन समन्वयात्मक बैठकको आवश्यकता रहेको बताए। जोशीले भने, “संस्थाहरूले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँग समन्वय गर्नुपर्नेछ। यसले कामलाई प्रभावकारी र पारदर्शी बनाउँछ।”

गैर सरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष लालबहादुर विकले बैठकमा प्रस्तुत सुझाव र सल्लाहलाई आत्मसात् गर्दै यस्ता बैठकलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले समन्वयले संस्थाहरूको कार्यक्षमता वृद्धि गरी समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गरे।

बैठकले सरकारी र गैरसरकारी संघसंस्थाबीच सहकार्यको वातावरण सिर्जना गर्दै सामुदायिक हितमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.