श्रीपञ्चमी पर्व: देशभर विद्या र कला की देवी सरस्वतीको आराधना

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यो पर्व विशेष गरी विद्याका अधिष्ठात्री देवी सरस्वतीको पूजा-अर्चना गर्ने दिन मानिन्छ।

विद्या र सिर्जनाकी देवी सरस्वतीलाई भक्तजनहरूले विभिन्न नामले पुकार्छन्— भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामहरू यस देवीसँग सम्बन्धित छन्। उनीलाई चन्द्रमाजस्तो गोरो वर्णमा, वीणा र पुस्तक समातेर चित्रित गरिन्छ, जो ज्ञान र शिक्षा प्रतीक हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरू विशेष गरी यस दिनलाई आफ्नो कला र विद्यानको उन्नतिको अवसर मान्दै सरस्वतीको पूजा गर्छन्। यस दिन कलम, कापी, कुची र वाद्ययन्त्रजस्ता कला साधनाको पनि पूजा गरिन्छ। तान्त्रिकहरू यसलाई तन्त्र सिद्धिको दिन मान्दछन् र सरस्वतीलाई तारादेवीको रूपमा पूजा गर्छन्।

आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ, जसले वसन्त ऋतुको आगमन र सूर्यको उत्तरायणको संकेत गर्दछ। ऋग्वेदमा ब्रह्माकी अर्धाङ्गिनी वाग्देवीको पूजा उपासनाले सर्वप्रकारको ज्ञान र सद्बुद्धिको प्राप्ति हुने भनिएको छ, जसको कारण सरस्वती पूजा ठूलो धार्मिक र सांस्कृतिक महत्व राख्दछ।

यस दिनलाई विशेष महत्व दिइन्छ, र विश्वास गरिन्छ कि सरस्वतीको पूजा र विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ। विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक र धार्मिक कार्य आजको दिन गर्न साइत हेर्नु पर्दैन। यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।

सार्वजनिक पूजा र सांस्कृतिक कार्यक्रमहरूको आयोजना भइरहेको छ र श्रद्धालुहरू आफ्नो कुटुम्बको सुख, समृद्धि र शिक्षा प्राप्तिको कामना गर्दै देवी सरस्वतीको पूजा गरिरहेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.