नेपाली कांग्रेस नेता अच्युत कलौनीको मृत्यु रहस्यमा, थप परीक्षण हुँदै

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कंचनपुर । नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको शव परीक्षण रिपोर्ट प्राप्त भएको छ, तर उक्त रिपोर्टबाट मृत्युको ठोस कारण खुल्न नसकेको कञ्चनपुर प्रहरीले जनाएको छ।

जिल्ला वन डोटी

कलौनी गत शनिवार बिहान भीमदत्त नगरपालिका–१८ को मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। सीसीटीभी फुटेजअनुसार उनी शुक्रवार राति साढे ९ बजेसम्म शव फेला परेको स्थानको आसपासमा हिँडिरहेको देखिएका थिए। तर, शव भेटिएको स्थानमा भने क्यामेराको पहुँच थिएन।

पोषण खाजा सम्बन्धि सन्देश

शव परीक्षण रिपोर्टले मृत्युको कारण खुलाउन नसकेपछि थप अनुसन्धानका लागि नमूना संकलन गरिएको छ। कञ्चनपुर प्रहरीले कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने निर्णय गरेको छ। यस्तै, भीसेरा परीक्षणका लागि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नमूना पठाइ सकिएको छ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.