नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको १४ औँ अधिवेशन सम्पन्न, तारा सिँह धामीको नेतृत्वमा नयाँ समिति चयन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी ।नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति डोटीको १४ औँ जिल्ला अधिवेशन शुक्रबार जोरायल गाउँपालिका–२ बुडरस्थित रामपुर मावि सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले तारा सिँह धामीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका तत्कालीन अध्यक्ष पदमराज उपाध्यायको सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख आतिथ्यता डोटी निर्वाचन क्षेत्र ‘क’ का प्रदेशसभा सदस्य माननीय चक्र मल्लले गरेका थिए। बिशिस्ट अतिथिमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सचिवालय सदस्य भागरथी धामी, प्रदेश अध्यक्ष खगेन्द्र प्रसाद धमला रहेका थिए ।त्यस्तै अधिबेशनमा नेकपा एमाले डोटी  जिल्ला कमिटी सचीव पदमराज भट्ट , जोरायल गाउँपालिका २ नम्बर वडा अध्यक्ष वीर बहादुर दर्लामी संगै जनप्रतिनिधि , डोटीका ९ वटै स्थानीय तहका संगठन पदाधिकारी, शिक्षक, पत्रकार तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले शिक्षकका हकहित, पेशागत सुरक्षाका लागि संगठनलाई अझ सशक्त र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षकका अधिकार सुनिश्चित गर्न संगठन निरन्तर लडिरहनुपर्ने आवश्यकता औंल्याए। राज्यले शिक्षकलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन संगठनले दबाबमूलक भूमिका खेल्नुपर्नेमा पनि उनीहरूको जोड थियो।

जिल्ला वन डोटी

वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवपूर्ण इतिहास स्मरण गर्दै संगठनले गरेको संघर्ष र बलिदानको चर्चा गरे। संगठन स्थापना कालदेखि नै शिक्षक हकहितका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै भावी दिनमा पनि संगठनले कुनै सम्झौता नगरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरियो। शिक्षा ऐन नेपालको संविधान २०७२ को मर्मअनुसार आउनुपर्नेमा जोड दिँदै ऐन मात्र पर्याप्त नहुने, त्यसको पूर्ण कार्यान्वयन अनिवार्य रहेको कुरा वक्ताहरूले प्रस्ट पारे।

शिक्षक पेशालाई सम्मानजनक बनाउन, पेशागत मर्यादा कायम राख्न, शिक्षामा देखिएका विविध समस्या समाधान गर्न र शिक्षण पेशालाई सुरक्षित बनाउन संगठनले अझ संगठित भएर अघि बढ्नुपर्नेमा उनीहरूले विशेष जोड दिए। संगठनले राज्यसँग भएका सम्झौताहरूको पूर्ण कार्यान्वयनका लागि निरन्तर दबाब दिनुपर्ने भन्दै शिक्षकका जायज माग पूरा गर्न कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता वक्ताहरूले व्यक्त गरे।

अधिवेशनले तारा सिँह धामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। उपाध्यक्षमा केशब राज ओझा, महिला उपाध्यक्षमा जाल्पा शाह, सचिवमा क्षेत्र बहादुर खड्का, कोषाध्यक्षमा दत्त राम भट्ट र सह-कोषाध्यक्षमा रश्मि चन्द शाही चयन भएका छन्। सदस्यहरूमा ममता कुमारी टमटा, भोज बहादुर थापा, खगेन्द्र प्रसाद ओझा, प्रकाश बहादुर बोहरा, वीर बहादुर भण्डारी र नौमती खत्री चयन भएका छन्।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भागरथी धामी (महिला), खड्का, पदमराज उपाध्याय (खुल्ला) र गणेश बहादुर कठायत (खुल्ला)निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधिमा राम बहादुर मन्नी (खुल्ला), भुवन कुमारी बम मल्ल (महिला), प्रेम बहादुर बोगटी (खुल्ला), उत्तम बहादुर चन्द (खुल्ला), राजन लुइँटेल (खुल्ला), यादव खड्का (खुल्ला) र मिना देवी ओली (महिला) चयन भएका छन्।

अधिवेशनले शिक्षकका पेशागत हित संरक्षण, अधिकार सुनिश्चितता र संगठन सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहने निर्णय गर्दै सफलतापूर्वक सम्पन्न भएको संगठनले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.