डोटीको जोरायल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण र नयाँ विवरण दर्ता अभियान सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जोरायल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण र नयाँ विवरण दर्ता अभियान सोमबार सम्पन्न भएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सदरमुकामसम्म आउन नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै सम्बन्धित वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण र नयाँ विवरण दर्ता सेवा सञ्चालन गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

उनका अनुसार, २०७७ सालदेखि २०८० सालको जेठ सम्म जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मध्य १६ हजार ४ सय ३४ रास्ट्रीय परिचयपत्र छपाइ भइ आएका र हाल सम्म ३ हजार ९ सय ६८ राष्ट्रिय परिचय पत्र वितरण भइसकेको छ। शिखर नगरपालिकाबाट सुरु भएको अभियान बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिका हुँदै फागुन १९ गते जोरायल गाउँपालिकाको सम्पन्न भएको हो।

जोरायल गाउँपालिकामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको अभियानमा पालिकाका ६ वटै वडामा कुल प्राप्त १ हजार ३ सय ६६ राष्ट्रिय परिचय पत्रमध्ये २ सय ३४ परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर बिमलप्रसाद भट्टले जानकारी दिए।

जिल्ला वन डोटी

उनका अनुसार, वडा नम्बर १ मा २ सय २ मध्ये २९ जनाले, वडा नम्बर २ मा ३ सय २९ मध्ये ८८ जनाले, वडा नम्बर ३ मा १ सय ७९ मध्ये ३५ जनाले, वडा नम्बर ४ मा २ सय ९० मध्ये २० जनाले, वडा नम्बर ५ मा १ सय ७९ मध्ये १३ जनाले र वडा नम्बर ६ मा १ सय ८७ मध्ये ४९ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन्।

नयाँ विवरण दर्ता प्रक्रियामा ७६ महिला र ५४ पुरुष गरी जम्मा १ सय ३० जनाले सेवा लिएको भट्टले जानकारी दिए। उनका अनुसार, वडा नम्बर १ मा ९ जना (५ महिला, ४ पुरुष), वडा नम्बर २ मा १६ जना (११ महिला, ५ पुरुष), वडा नम्बर ३ मा १५ जना (७ महिला, ८ पुरुष), वडा नम्बर ४ मा २६ जना (१७ महिला, ९ पुरुष), वडा नम्बर ५ मा ४८ जना (२६ महिला, २२ पुरुष) र वडा नम्बर ६ मा १६ जना (१० महिला, ६ पुरुष) ले विवरण दर्ता गराएका छन्।

छोटो समयको अभियान भएको साथै व्यक्तिगत रूपमा उपस्थित भएर मात्र परिचयपत्र बुझ्नुपर्ने भएकाले धेरै नागरिकले आफ्नो परिचय पत्र बुझ्न नसकेको जनाइएको छ। अभियानबाट जोरायल सहित शिखर नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिका जम्मा ९सय ५१ जनाले प्रत्यक्ष सेवाबाट लाभान्वित भएका प्रशासनले जनाएको छ।

परिचय पत्र शाखाकी कम्प्युटर अपरेटर प्रमेश्वरी जोशीका अनुसार सामाजिक सुरक्षा भत्ता, पेन्सन, राहदानी सेवा, बैंक खाता, सिम कार्ड लिन लगायतका कार्यमा राष्ट्रिय परिचय पत्र अनिवार्य भएकाले नागरिकले आफ्नो परिचय पत्र बनाउनु पर्ने र बनिसकेकाले बुझेर लैजानुपर्ने बताइन्। उनका अनुसार अभियान संचालन भइ सकेका स्थानीयतहका वितरण भइ नसकेका कार्ड लिन र नयाँ विवरण दर्ताका लागि सम्बन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।

२०७७ सालमा वडा स्तरमा विवरण दर्ता गराएका नागरिकका कार्ड वितरण बाँकी रहेको र छपाई भएर आउने बित्तिकै सम्बन्धित व्यक्तिलाई मोबाइलमा सन्देशमार्फत जानकारी गराइने व्यवस्था गरिएको छ। साथै, स्थानीय तह तथा वडाबाट पनि सूचना प्राप्त गर्न सकिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राहीलाई थप सेवा प्रदान गर्न जिल्लाका अन्य स्थानीय तहमा पनि राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण दर्ता अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ। राष्ट्रिय परिचयपत्रमा दर्ता गरि सकेका तर परिचयपत्र नम्बर  पाउँन बाँकी ब्यक्तिहरुले आफ्नो परिचयपत्र सम्बन्धि थप जानकारी लिन तलको लिङ्कमा हेर्न सकिने राष्ट्रिय  परिचयपत्र तथा पञ्जिकरण बिभागले जनाएको छ ।https://citizenportal.donidcr.gov.np/en/check-national-id-number

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.