हेमा श्री फाउन्डेसन नेपालद्वारा विपन्न विद्यार्थीलाई पोसाक वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलाली । हेमा श्री फाउन्डेसन नेपालले कैलालीको गौरीगंगा नगरपालिका-६, मोया स्थित भैरव प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ।

फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं. ६ का अध्यक्ष टेक बहादुर कुँवर प्रमुख अतिथि रहेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

विद्यालय पोसाक प्राप्त गर्ने विद्यार्थीहरूमा योगेन्द्र बिक (कक्षा-२), सिम्रन चौधरी (कक्षा-२), जानकी बिक (कक्षा-३), भिम शाही (कक्षा-४), आसिका चौधरी (कक्षा-५) र जेनिस साँउद (कक्षा-५) रहेका छन्।

जिल्ला वन डोटी

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कुँवरले फाउन्डेसनले आर्थिक रुपमा कमजोर विद्यार्थीलाई सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले फाटेका र पुराना पोसाकका कारण विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीलाई सहयोग गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) का अनुसार विद्यालय पोसाकको अभावका कारण नियमित विद्यालय जान नपाएका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले पोसाक वितरण गरिएको हो।

कार्यक्रममा वडा सदस्य सियाराम चौधरी, अमर मावि अध्यक्ष दान बहादुर कुँवर, भैरव प्रा.वि. अध्यक्ष चक्र पार्की, दृष्टि ग्रामीण विद्युत सहकारी अध्यक्ष वीर बहादुर शाह, फाउन्डेसनका सचिव चक्रजित रावल, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गर्नुभएको थियो। नि:शुल्क पोसाक प्राप्त गरेपछि विद्यार्थीहरू तथा अभिभावकहरूले खुशी व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.