जोरायल गाउँपालिका वडा नं. ३ द्वारा फोहर व्यवस्थापनका डस्टबिन वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टेले वडाभित्रका पसलहरूलाई फोहरमैला व्यवस्थापनका लागि ३९ वटा डस्टबिन वितरण गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममा वडा अध्यक्ष नवीन ओझाले वडा कार्यालयमा दर्ता भएका पसलहरूको फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यो पहल सुरु गरिएको जानकारी दिए।

अध्यक्ष ओझाका अनुसार वडामा दर्ता भएका ३९ जना व्यापार व्यवसायीलाई दैनिक निस्किने फोहरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको हो। वडाको सरसफाइ अभियानलाई प्रभावकारी बनाउन हरेक पसलमा डस्टबिन अनिवार्य गरिएको छ। उनले भने, “यस पहलले फोहर व्यवस्थापनलाई व्यवस्थित मात्र नभई वडाको समग्र सौन्दर्य र स्वच्छता प्रवर्द्धन गर्ने विश्वास लिएका छौं।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

डस्टबिन वितरणको मुख्य उद्देश्य पसलबाट निस्किने फोहरलाई एकीकृत रूपमा संकलन गरेर खाडलमा व्यवस्थापन गर्नु र व्यवसायीलाई वडा कार्यालयमा दर्ता गराउन प्रोत्साहित गर्नु रहेको अध्यक्ष ओझाले बताए। उनले आगामी वर्ष वडा भित्र दर्ता भएका कृषि व्यवसायीहरूलाई एक-एक वटा टनेल वितरण गर्ने योजना पनि रहेको जानकारी गराए।

स्थानीय व्यवसायीहरूले वडाको यो कदमलाई स्वागत गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले फोहरमैला व्यवस्थापनमा सहजता आउने र स्वच्छ वातावरण कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

डस्टबिन वितरण कार्यक्रममा वडा कार्यालयका कर्मचारी, स्थानीय व्यवसायीहरू लगायतको उपस्थिति रहेको थियो। वडा कार्यालयले आगामी दिनमा फोहर व्यवस्थापनसँग सम्बन्धित थप कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।

यो पहलले वडावासीलाई फोहर व्यवस्थापनमा सहयोग पुग्ने मात्र नभई स्वच्छता र स्वास्थ्यप्रति सचेत गराउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.