११५औँ अन्तर्राष्ट्रिय नारी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – ‘सबै नारी तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज विश्वभर ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ।

नेपालमा पनि सरकार, नारी संगठनहरू र सरोकारवाला निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा यो दिवस मनाउने तयारी गरेका छन्। राजनीतिक दलसम्बद्ध नारी संगठनहरूले समेत विशेष कार्यक्रम तय गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसले नारीको प्रविधिमा पहुँच विस्तार, नारी सशक्तिकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलापको अन्त्यलाई प्राथमिकता दिएको छ। साथै, नारीलाई शिक्षित, आत्मनिर्भर बनाउन र उचित सम्मान दिलाउने लक्ष्य यस दिवसको रहेको छ।

जिल्ला वन डोटी

नेपालको संविधानले कुनै पनि आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माणको नीति अवलम्बन गरेको छ। संविधानले नारीको मौलिक हकलाई सुनिश्चित गर्दै समानुपातिक समावेशी सिद्धान्तअनुसार राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नारीको सहभागिता बढाउँदै लगेको छ।

हाल संघीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत नारी जनप्रतिनिधि छन्। यस्तै, निजामती सेवामा करिब २८ प्रतिशत नारीको उपस्थिति छ।

समाजमा रहेका हानिकारक प्रथा तथा अभ्यासका कारण किशोरी र बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू बढ्दै गएका छन्। यस्ता हिंसात्मक प्रथाको अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया र राजनीतिक क्षेत्रमा नारीको समान पहुँच सुनिश्चित गर्न अझै थप मेहनत आवश्यक देखिन्छ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको हो। यो दिवसको सुरुवात सन् १९०८ मा अमेरिकामा १५,००० नारीले काम गर्ने समय घटाउने, उचित तलब र मतदान अधिकारको मागसहित गरेको प्रदर्शनबाट भएको मानिन्छ। नारीका अधिकारका लागि गरिएको यही संघर्षको स्मरणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.