जोरायल गाउँपालिका-६ मा छाउपडी गोठ मुक्त १ सय ३१ महिलालाई सम्मानस्वरूप कम्बल वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी- डोटीको जोरायल गाउँपालिका-६ निरौलीमा छाउपडी गोठ मुक्त समुदायका १ सय ३१ महिला तथा किशोरीहरूलाई सम्मानस्वरूप कम्बल वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। ‘महिला संग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा विभिन्न आमा समूहका सदस्यहरूलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए।

कम्बल प्राप्त गर्नेहरूमध्ये सृजनशील स्वास्थ्य आमा समूह जोरायल-६ कफल्लड र डाँडागाउँका ३५ जना, सयपत्री आमा समूह जोरायल-६ बगीडा, अनरकट्टे र पियलकाँडाका ३८ जना तथा स्वास्थ्य आमा समूह जोरायल-६ गावरका ५८ जना रहेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रमको सभापतित्व वडा अध्यक्ष गणेश बहादुर बोहराले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टको उपस्थिति रहेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै वडा अध्यक्ष बोहराले छाउपडी गोठ उन्मूलन अभियानलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। उनले छाउपडी प्रथा अन्त्य गर्न समाजको सामूहिक सहकार्य आवश्यक रहेको उल्लेख गरे। गाउँपालिका उपाध्यक्ष जमुना बोहराले महिलाहरूको स्वास्थ्य, सुरक्षा र सशक्तिकरणका लागि गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमले छाउपडी गोठ मुक्त महिलाहरूलाई सम्मान गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.