
कैलाली,। कैलालीमा बेवारिसे अवस्थामा फेला परेको रु. ६१ हजार प्रहरीलाई बुझाएको छ । हिजो फागुन २८ गते साँझ करिब ४:४० बजे उक्त रकम फेला परेको थियो ।

उक्त रकम धनगढी उप-महानगरपालिका वडा नं. ०३ स्थित सडकमा हिँडिरहेकी कैलाली, केदारटोलमा डेरा गरी बस्ने २५ वर्षीया सारदा महराले बाटोमा नगद फेला पारेकी थिइन्। उनले इमानदारी देखाउँदै उक्त रकम मिति २०८१ फागुन २९ गते अस्थायी प्रहरी पोष्ट चटकपुरमा बुझाइन्।

प्रहरीका अनुसार हाल उक्त नगद जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखामा सुरक्षित रूपमा राखिएको छ। यदि कसैको रकम हराएको वा आफ्नो भएको भएमा सम्बन्धित प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कैलाली वा नजिकको प्रहरी इकाईमा सम्पर्क गर्न अनुरोध गरिएको छ।



