क्यान्सरपीडित लालमति बिष्टको उपचारका लागि सहयोगको अपिल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी- डोटीको जोरायल गाउँपालिका–४ चुचुनढुङ्गाका हर्क सिं बिष्टकी ४४ वर्षीया श्रीमती लालमति बिष्ट पिठ्युँ (करङ) हड्डीको क्यान्सरबाट पीडित भएकी छन्। आर्थिक अभावका कारण भारत गएका बिष्ट दम्पतीलाई अहिले ठूलो विपत्ति आइलागेको छ। हाल भारतको बेंगलोरस्थित जेन्जीलियस बी. जी. एस. क्याङ्गगेरि अस्पतालमा उपचाररत लालमति बिष्टलाई चिकित्सकहरूले तीनवटा करङको हड्डी निकालेर नयाँ हड्डी प्रत्यारोपण गर्नुपर्ने बताएका छन्।

जिल्ला वन डोटी

उनका श्रीमान हर्कका अनुसार श्रीमतीको शल्यक्रियाका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ। श्रीमतीको जीवनरक्षाका लागि हर्कसिं बिष्टले मनकारी व्यक्ति, संघसंस्था, समाजसेवी तथा सबै शुभेच्छुकहरूलाई सहयोगको याचना गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

“आर्थिक अभावका कारण श्रीमतीको उपचार गराउन सक्ने अवस्थामा छैन। उनको जीवन बचाउन सबैको सहयोगको खाँचो छ,” हर्कसिं बिष्टले भावुक हुँदै भने।

यो कठिन परिस्थितिमा परिवारले सबैलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेको छ। सेवा नै धर्म हो भन्ने मान्यताका साथ सहयोगी मनहरूबाट आएको साथले लालमति बिष्टको जीवनरक्षा हुने परिवारले विश्वास लिएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.